ad ad

छापा खबर


काठमाडौंमा पक्राउ परेका १२२ चिनियाँ लिन चीनबाट आउँदै दुई विमान

काठमाडौंमा पक्राउ परेका १२२ चिनियाँ लिन चीनबाट आउँदै दुई विमान

नेपालखबर
पुस १२, २०७६ शनिबार ५:५६,

चीनले नेपालमा पक्राउ परेका आफ्ना नागरिक स्वदेश लैजान दुईवटा विमान पठाउने भएको छ।

नेपालमा बसेर चीनमा संगठित अपराध गरेको आरोपमा गत सोमबार पक्राउ परेका १ सय २२ जना चिनियाँलाई स्वदेशमै लगेर मुद्दा चलाउने चीनको तयारी छ। सोहीअनुसार आगामी साता दुईवटा विमान नेपाल आउने भएका हुन्। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

नेपालमा उनीहरूमाथि विस्तृत अनुसन्धान नै भएको छैन। हाल अभद्र मुद्दामा प्रमुख जिल्ला अधिकारीको आदेशमा थुनामा राख्ने अनुमति लिएर हिरासतमा राखिएको छ।

एक–दुई दिनभित्रै उनीहरूलाई सामान्य धरौटीमा छाड्ने र अध्यागमनले भिसासम्बन्धी कसुरमा जरिवाना गराएर निष्कासनको तयारी थालेको छ । निष्कासनका लागि गृह मन्त्रालयले निर्णय गर्नुपर्ने हुन्छ ।

‘आगामी ४ वा ५ जनवरीमा लैजाने तयारी गरी दुईवटा चार्टर्ड जहाज ल्याइने चिनियाँ अधिकारीले जानकारी गराएका छन्,’ गृह मन्त्रालयका एक अधिकारीले भने, ‘त्यहीअनुसार हामीले तयारी गरेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .