नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसप्रति कटाक्ष गरेका छन्।
प्रधानमन्त्रीलाई विश्वासको मत दिने तर सभामुखमा प्रतिस्पर्धी उम्मेदवार खडा गरेर कांग्रेसले अनुपम उदाहरण देखाएको भनी कटाक्ष गरेका छन्।
सभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट एमालेका सांसद देवराज घिमिरे र प्रतिपक्षी दल नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन्।
सभामुख चयनका लागि अहिले प्रतिनिधिसभा बैठक जारी छ। सभामुखका लागि निर्वाचन हुने तयारी भइरहेका बेला एमाले महासचिव पोखरेलले कांग्रेसको भूमिकाको आलोचना गरेका हुन्।
पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘प्रमलाई भोट दिने र सभामुखविरुद्ध उम्मेदवार खडा गर्ने नेपाली कांग्रेसको ‘रचनात्मक प्रतिपक्ष’को भूमिका अनुपम छ।’
२ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा सभामुख जित्न १ सय ३८ मत आवश्यक पर्छ। एमाले ७८, नेकपा माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० २०, राप्रपा १४ गरी १४४ सांसद घिमिरेको पक्षमा छन्।
यस्तै उनको प्रतिस्पर्धी उम्मेदवार बनेकी न्यौपानेलाई कांग्रेस ९ ९मत दिन पाउने ८०, जसपा १२, एकीकृत समाजवादी पार्टी १०, लोसपा ४, मत छन्।
प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने दलहरुको संख्या भने १६९ छ।
घिमिरे झापा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् भने न्यौपाने कांग्रेसकी समानुपातिक सांसद हुन्।
Shares
प्रतिक्रिया