राजनीति


बालुवाटारको बैठकबाट निस्किए एमाले अध्यक्ष ओली

बालुवाटारको बैठकबाट निस्किए एमाले अध्यक्ष ओली

बालुवाटार बैठकमा सहभागी एमाले अध्यक्ष केपी ओली। तस्बिर : राजन काफ्ले


नेपालखबर
माघ ३, २०७९ मंगलबार १८:८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने दलको बैठक बालुवाटारमा जारी छ।

बैठककै बीचमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने बाहिरिएका छन्। यो बैठकमा बिहीबार हुने भनिएको सभामखुको निर्वाचनबारे छलफल थियो।

बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका नेता सहभागी छन्। 

बैठकमा सत्ता साझेदार दलबाट नेकपा एमाले अध्यक्ष ओली, प्रधानमन्त्री प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सहभागी थिए।

त्यसैगरी कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पुर्णबहादुर खड्का र वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सहभागी छन्। 

उता सरकारमा जान इन्कार गरेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवम् सांसद रञ्जिता श्रेष्ठ पनि बैठकमा सहभागी छिन्। त्यस्तै जनमत पार्टीका अब्दुल खान पनि सहभागी छन्। 

यो बैठकमा सभामुखको निर्वाचनबारे छलफल भइरहेको बताइएको छ। केही दिनअघि प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई सभामुख पद दिन सकिने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad