राजनीति


मन्त्रिपरिषद् विस्तारपछि बालुवाटारमा सर्वदलीय बैठक, एजेन्डा सभामुखको निर्वाचन

मन्त्रिपरिषद् विस्तारपछि बालुवाटारमा सर्वदलीय बैठक, एजेन्डा सभामुखको निर्वाचन

बालुवाटारमा बसिरहेको सर्वदलीय बैठक। तस्बिर : राजन काफ्ले


नेपालखबर
माघ ३, २०७९ मंगलबार १७:५, काठमाडौँ

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ।

बिहीबार हुने प्रतिनिधिसभाका सभामुखको निर्वाचनअगाडि प्रधानमन्त्री प्रचण्डको आयोजनामा सर्वदलीय बैठक बसेको हो। 

बैठकमा सत्ता साझेदार दलबाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहभागी छन्।

त्यसैगरी नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सहभागी छन्। 

एकीकृत समाजवादीबाट पार्टी अध्यक्ष माधवकुमार नेपाल सहभागी छन्। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि बैठकमा छन्। 

उता सरकारमा जान इन्कार गरेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवम् सांसद रञ्जिता श्रेष्ठ पनि बैठकमा सहभागी छिन्। 

यो बैठकमा सभामुखको निर्वाचनबारे छलफल हुनेछ। केही दिनअघि प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई सभामुख पद दिन सकिने बताएका थिए।

त्यस्तै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले मंगलबार प्रधानमन्त्रीले सभामुख र राष्ट्रपतिमा सहमति जुटाएर अघि बढ्ने आश्वासन दिने बताएका थिए।

तर सोमबार बालुवाटारमा बसेको सात दलीय गठबन्धनको बैठकले राष्ट्रपति र सभामुख दुवै एमालेलाई दिने समझदारी गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad