नवनियुक्त सहरी विकासमन्त्री विक्रम पाण्डेले सबैभन्दा पहिला देशभरका तुइन विस्थापित गरेर झोलुङ्गे पुल बनाउने प्रतिवद्धता जनाएका छन्।
मंगलवार सहरी विकासमन्त्रीको शपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पाण्डेले नेपालको पश्चिममा खोलामा झोलुङ्गे पुल नहुँदा मानिसहरुको तुइनबाट खोला तर्दा खोलामा खसेर मुत्यु भइरहेको भन्दै सबै भन्दा पहिला मन्त्रालयले तुइन हटाएर झोलुङ्गे पुल बनाउने बताएका हुन्।
उनले तुइन हटाएर झोलुङ्गे पुल बनाउन नसक्ने मन्त्रालयको औचित्य नहुने बताए। मन्त्री पाण्डेले अब नेपालको कालीगण्डी क्षेत्रमा हरेक आधाघण्टाको फरकमा झोलुङ्गे पुल निर्माण गरिने बताए।
उनले सहरी विकास मन्त्रालयमा गर्नुपर्ने कामको प्राथमिकताका आधारमा काम गर्ने बताए। मन्त्री पाण्डेले विकास निर्माणका काम के कारण रोकिएको छानबिन गरी भएका समस्या तत्काल समाधान गर्ने योजना रहेको बताए।
उनले काम शुरु भएर पनि सम्पन्न नभएका काम तत्काल पूरा गर्नको लागि मन्त्रालयमा आएको बताए। मन्त्री पाण्डेले शहरी विकास मन्त्रालयका विकास निर्माणका काम किन नभएको सबै थाहा भएकाले सबै समस्या समाधान गर्दै मन्त्रालयलाई विगतको भन्दा फरक रुपमा अगाडि बढाउने बताए।
उनले भने, ‘सहरी विकास मन्त्रालयमा गर्नु पर्ने कामको प्राथमिकताका आधारमा काम गर्छौं। त्यसका के कारणले विकास निर्माणको काम रोकिएको छ। कसरी समस्याको समाधान गर्ने र हुन नसकेका कामलाई छिटो भन्दा छिटो काम गर्ने र नयाँ योजनाहरु थप्दै जाने सोचेका छौं। काम शुरुवात भएर कसको कारणले काम हुन नसकेको हो । तत्काल कार्य अगाडि बढाउँछु। विकास निर्माणका काम ढिला हुन नदिनको लागि यो मन्त्रालय दिइएको हो। यो मन्त्रालयमा जे कुरा सुन्नुभएको छ। त्यो अब सुन्नुहुन्न।’
उनले थपे, ‘सहरी विकास मन्त्रालय फरक तरिकाले अगाडि बढ्छ। शहरी विकास मन्त्रालयमा काम किन हुन नसकेको भन्ने थाहा छ। अब त्यस्ता समस्या आउन नदिने सोचले मलाई मन्त्रालयमा पठाइएको छ। त्यो पूरा गरेर देखाउँछु। एक ठाउँबाट अर्को ठाउँमा जानको लागि पश्चिमतिर भएको दर्दानक तुइनबाट खेसेर मानिसहरुको मुत्यु भएको छ। त्यो काम यो मन्त्रालयले अहिलेसम्म पनि पूरा गर्न सक्दैन भने मन्त्रालयको स्थापना भएर काम छैन। त्यो काम सबैभन्दा पहिला पूरा गरिन्छ। त्यहाँ सबै भन्दा पहिला तुइन हटाएर झोलुङगे पुल बनाउनु काम पूरा गरिन्छ। हरेक आधा घण्टाको फरकमा झोलुङ्गे पुल हुन्छ। क्रस गर्ने सुविधा नभएको ठाउँमा पुल हुन्छ।’
उनले आफूले सहरी विकास निर्माणको विषयमा जानकारी भएकाले कुनै स्वार्थ नबाझिने तर्क गरे।
Shares

प्रतिक्रिया