प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका सभामुखको निर्वाचनका लागि मंगलबार नेपाली कांग्रेससहितका दलहरुसँग छलफल गर्ने बताएका हुन्।
सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा पाँच घण्टा लामो वार्तापछि बाहिरिने क्रममा उनले यस्तो बताएका हुन्।
उनले मन्त्रिपरिषद्को विषय आजै टुंगिने बताए। 'मन्त्रिपरिषद्को विषय आजै टुंगिन्छ', उनले भने, 'सभामुखको निर्वाचनबारे भोलि कांग्रेससँग पनि छलफल हुन्छ।'
पुस २६ गते विश्वासको मत लिँदा कांग्रेसले पनि प्रचण्डको पक्षमा मत दिएको थियो। यस्तोमा प्रचण्डले कांग्रेसलाई सभामुख दिएर जान सकिने संकेत गरेका छन्।
204
Shares

प्रतिक्रिया