ad ad

राजनीति


सुदूरपश्चिम प्रदेश सभा बैठक सुरु, सभाध्यक्ष गायब घटनाले पायो प्रवेश

सुदूरपश्चिम प्रदेश सभा बैठक सुरु, सभाध्यक्ष गायब घटनाले पायो प्रवेश

नेपालखबर
पुस ३०, २०७९ शनिबार १८:३७, काठमाडौँ

सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु भएको छ। सभामुख चयनका लागि बसेको प्रदेश सभाको बैठक बेलुकी ६ बजेदेखि सुरु भएको हो।

शुक्रबार प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरेर सभाध्यक्ष शिवराज भट्ट गायब भएको विषयले प्रदेश सभामा प्रवेश पाएको छ। 
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद विक्रम धामीले नै यो प्रस‌गलाई प्रदेश सभामा कोट्याए

‘हिजो हामीले सुन्यौं मान्य सभामुख ज्यूको मोबाइल स्विच भयो, धेरै राजनीतिक दलका साथीहरुको रुको दिमाग पनि स्विच अफ भयो। दिनभरीको बेलुकीतिर कांग्रसलाई गैरकानूनी, संविधान विरोधी भन्ने खालका कुराहरु सुन्नमा आए,’ उनले संसदमा बोल्दै भने, ‘२००७ सालदेखि पटक पटक निरकुशताका लागि लड्ने कांग्रेस गैरप्रजातान्त्रिक, संविधान विरोधी हो?’

माओवादी केन्द्रका सभामुखका उम्मेदवार भीमबहादुर भण्डारी पराजित हुनुको कारण कांग्रेस होरु भन्दै उनले बैठकमा प्रश्न समेत उठाए।

‘माओवादी केन्द्रका उम्मेदवार पराजित हुनुभयो,त्यसको कारण कांग्रेस होरु होइन, जसले मत बदर ग¥यो त्यसकै कारण उहाँले हार्नुभयो,’ उनले भने।
नेपाली कांग्रेस विरुद्ध लगाएको आरोपको उनले खण्डन गरे।

‘सुरुमै सदनम यसरी बाजाबाज भयो भने राम्रो सन्देश दिदैन। हामीलाई कुनै पनि आपत्ति छैन,’ उनले भने, ‘हामीसंग २४ भोट छन्। सभामुख हुने र नहुने कुरा सम्पूर्ण तपाईहरुमा निहित छ।’

सांसद धामीले कांग्रेस रेशम चौधरीको रिहाइको पक्षमा रहेको उल्लेख गरे। ‘रेशम चौधरीको रिहाइका लागि तत्कालीन कांग्रेस नेतृत्वको सरकारले अध्यादेश ल्याएको थियो, हामी त्यसको परुक्षमा छौं,’ उनले भने, ‘रेशम चौधरी माघीमा छुट्ने सुनेका थियौं, तर भएन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .