राहुल गान्धीको ‘भारत जोडो यात्रा’ मा सहभागी कांग्रेस सांसद सन्तोख सिंह चौधरीको निधन भएको छ।
बीबीसी हिन्दीका अनुसार भारत जोडो यात्रामा हिँडिरहेका बेला सिंहको स्वास्थ्य बिग्रिँदै थियो। यस क्रममा फिल्लौरमा उनलाई हृदयाघात भयो। उपचारका लागि तत्काल एम्बुलेन्सबाट अस्पताल पुर्याइए पनि उनलाई बचाउन सकिएन।
पञ्जाबको जलन्धरका सांसद सन्तोख सिंह लुधियानाको भारत जोडो यात्रामा संलग्न थिए। सांसदको निधनपछि यात्रा रोकिएको छ।
पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले ट्विट गर्दै सन्तोख सिंहको मृत्युको जानकारी दिएका छन्।
पुस ३०, २०७९, शनिबार
प्रतिक्रिया