राजनीति


आम जनता र नेकपा माओवादी समाजवादीबीच एकता हुने

आम जनता र नेकपा माओवादी समाजवादीबीच एकता हुने

नेपालखबर
पुस २८, २०७९ बिहिबार १६:५८, काठमाडौँ

प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी पार्टीबीच एकता हुने भएको छ। 

पूर्वमन्त्री साह नेतृत्वको आम जनता पार्टी र कर्णजीत बुढाथोकी अध्यक्ष रहेको उक्त पार्टी आम जनता पार्टीसँग एकताबद्ध हुने भएको हो। नयाँ पार्टीको नाम आम जनता पार्टी नै रहने छ।

आजपाका प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवका अनुसार अग्रगामी शक्तिहरुको ध्रुवीकरणका रुपमा विभिन्न राजनीतिक दलसँग एकता अभियान चलिरहेको छ। 

भर्खरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिँदै रौतहट क्षेत्र नम्बर ३ बाट चौथो पटक निर्वाचित साहले यही महिना नयाँ पार्टी गठन गरेका हुन्। 

आजपा गठन भएलगत्तै जनता समाजवादी पार्टीका रौतहट जिल्ला सचिव लखिन्द्र यादव, नेपाल संघीय समाजवादी पार्टीबाट रौतहट १ (ख) बाट प्रदेश सभा सदस्य उम्मेदवार जाजुल देवान लगायत सयौँ नेता आम जनता पार्टीमा प्रवेश गरेका थिए। 

पूर्व सहरी विकास राज्यमन्त्री एवम् काठमाडौ क्षेत्र नम्बर ७ बाट संविधानसभा सदस्य र प्रतिनिधि सदस्य रहिसकेका रामवीर मानन्धर पनि आजपामै आवद्ध भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad