ad ad

राजनीति


राष्ट्रपतिमा सहयोगको अपेक्षासहित प्रचण्डलाई विश्वासको मत दिएका हौँ : कोइराला

राष्ट्रपतिमा सहयोगको अपेक्षासहित प्रचण्डलाई विश्वासको मत दिएका हौँ : कोइराला

ध्रुव भट्टराई
पुस २८, २०७९ बिहिबार १७:०, विराटनगर

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई सहयोगको अपेक्षासहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको बताएका छन्।

उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको बारेमा आउँदो दिनले त्यसको थप पुष्टि गर्दै जाने पनि बताए।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा नेता कोइरालाले भने, ‘म सभामुख र उपसभामुखको कुरा गरिरहेको छैन,’ आगामी दिनमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा हुनेछ। ती चुनावहरूमा हाम्रो उममेदवार प्रस्तुत त गर्छौं। त्यसमा सहयोगको अपेक्षा त राखेका छौँ।’

नेता कोइरालाले विश्वासको मत दिने विषयमा सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच कुनै सहमति भएको भने आफूलाई थाहा नभएको बताए।

नेता कोइरालाले कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि प्रतिपक्षको भूमिका नछोड्ने दोहोर्याए। 

कानुनका विज्ञहरूसँग छलफल गरेर नै कांग्रेसले प्रतिपक्षमा बसेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .