ad ad

राजनीति


रास्वपाबारे राजेन्द्र पाण्डेको टिप्पणी : घण्टी बजाएका भरमा २० सिट जिते

रास्वपाबारे राजेन्द्र पाण्डेको टिप्पणी : घण्टी बजाएका भरमा २० सिट जिते

फाइल तस्बिर


नेपालखबर
पुस २७, २०७९ बुधबार १६:४१, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले घण्टी बजाएका भरमा २० सिट जितेको भन्दै कटाक्ष गरेका छन्।

मंसिर ४ को निर्वाचनमा नेकपा (एकीकृत समाजवादी ) पार्टीबाट निर्वाचित संघ तथा प्रदेश सभाका सांसदहरुलाई अनेरास्ववियू केन्द्रीय कमिटीले गरेको सम्मान कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

'आज संगठनका नाममा केही नभएकाहरुले घण्टी बजाएका भरमै २० सिट जिते', उनले भने, 'हिजो उनीहरुले कहीँ आन्दोलन गरेको इतिहास छ? हिजो देशका लागि उनीहरुले केही गरेका छैनन्। कुनै संर्घष पनि गरेको इतिसहास छैन। तर आज उनीहरु नेतृत्व गर्न पुगेका छन्।'

उनले यो घटनालाई गम्भीरतापूर्वक लिन पार्टीको भ्रातृसंगठन अनेरास्ववियूका नेता कार्यकर्तालाई पनि आग्रह गरे।

'७७ जिल्ला, १६५ निर्वाचन क्षेत्र, ३३० प्रदेश निर्वाचन क्षेत्रसहितमा विद्यार्थी आन्दोलन उठाउन पनि सशक्त अनेरास्ववियू बनाउनुपर्छ', उनले भने, 'हरेक वडामा कम्तीमा एकजना अनेरास्ववियूको नेता जन्माउनुपर्छ। राष्ट्रिय सम्मेलनमा ६ हजार ४४३ वडाबाटै प्रतिनिधि आउन्।'

उक्त कार्यक्रममा संगठनका अध्यक्ष सुदेश पराजुलीले अब पार्टीले मूलधारको राजनीतिमा युवाहरुलाई भूमिका दिनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .