राजनीति


सांसदहरुले हस्ताक्षर गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रक्रिया सुरु

सांसदहरुले हस्ताक्षर गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रक्रिया सुरु

संसदमा सांसदहरु। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
पुस २६, २०७९ मंगलबार १७:४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मागेको विश्वासको मतका लागि संसदमा मत विभाजन सुरु भएको छ।

सबै दलका नेताहरुले बोलिसकेर प्रधानमन्त्री दाहालले जवाफ दिएपछि प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले मतविभाजन प्रक्रिया अघि बढाएका हुन्। 

मत विभाजनका क्रममा सांसदहरुले हुन्छ र हुन्न भन्ने मत दिन पाउने भएका छन्। त्यसका लागि उनीहरुले आ-आफ्नो लवीमा पसेर हस्ताक्षर गर्नेछन्।

हस्ताक्षरमार्फत मत विभाजन हुन लागेको हो। प्रधामन्त्री प्रचण्डलाई संसदका साना ठूला सबै दलका २७४ सांसदको समर्थन रहेको छ।

यदि यी सबै सांसदले मत दिएमा प्रचण्डलाई अहिलेसम्मकै धेरै सांसदहरुको साथ मिल्नेछ। यद्यपि उनलाई नेपाली कांग्रेसलेसमेत साथ दिएपछि राष्ट्रिय सहमतिसहितको सरकारको नेतृत्व मिलेको छ।

यसअघि गत पुस ११ गते नेकपा एमालेसहितका १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad