प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी पदाधिकारीले परराष्ट्र मन्त्रालयको जानकारीविनै विदेशी कुटनीतिज्ञलाई भेट्ने काम हुन नदिने प्रतिवद्धता जनाएका छन्।
संघीय संसदको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले सो प्रतिवद्धता जनाएका हुन्।
‘सरकारी पदाधिकारीले परराष्ट्र मन्त्रालयको जानकारी बिनै विदेशी कुटनीतिज्ञलाई भेट्ने काम अब हुन दिइने छैन,’ प्रधानमन्त्री प्रचण्डले भने।
पुस २६, २०७९, मंगलबार
प्रतिक्रिया