राजनीति


एकीकृत समाजवादीले प्रचण्ड सरकारलाई सर्तसहित समर्थन गर्ने

एकीकृत समाजवादीले प्रचण्ड सरकारलाई सर्तसहित समर्थन गर्ने

नेपालखबर
पुस २६, २०७९ मंगलबार ९:४४, काठमाडौँ

नेकपा एकीकृत समाजवादीले प्रचण्ड नेतृत्वको सरकारलाई ससर्त समर्थन गर्ने भएको छ। 

आज बिहान बसेको सचिवालय बैठकले सरकारलाई ससर्त समर्थन गर्ने निर्णय गरेको एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। 

बैठकको निर्णय सुनाउँदै खतिवडाले भने, ‘बैठकले यो सरकारलाई सर्तसहित समर्थन गर्ने निर्णय गरेको छ, अहिले विश्वासको मत दिन्छ, हाम्रा एजेन्डाहरू राखिनेछन्, ती एजेन्डा पूरा नगरेमा कुनै पनि बेलामा त्यहाँबाट फर्किन सक्ने ठाउँलाई सुरक्षित गर्दै प्रतिपक्षको भूमिका निर्वाह गर्ने भन्ने हाम्रो निर्णय छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad