राजनीति


हामीसँग आवेग मात्रै होइन, अग्रजप्रति सम्मान पनि छ : सीके राउत

हामीसँग आवेग मात्रै होइन, अग्रजप्रति सम्मान पनि छ : सीके राउत

फाइल तस्बिर


नेपालखबर
पुस २५, २०७९ सोमबार १५:५, काठमाडौँ

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले नयाँ जनादेश लिएर आए पनि आफूहरुसँग आवेगमात्रै नभएको बताएका छन्। 

सोमबार बसेको संसद बैठकमा बोल्दै अध्यक्ष राउतले नयाँ भएपनि देश बनाउने कुरामा कुनै शंका नगर्न आग्रह गरे। 

‘सम्माननीय प्रधानन्त्रीले यहाँ भन्नुभयो नयाँ जनादेश लिएर आउनुभएका साथीहरुसँग आवेग छ,’ राउतले भने, ‘हामीसँग आवेग मात्रै होइन, अग्रजप्रति सम्मान पनि छ।’

अध्यक्ष राउतले नयाँ पार्टीहरुले दलहरुसँग मिलेरै काम गर्ने बताए। उनले कुनै बेला संसद भनवनमा आफ्नो नामसमेत उच्चरण गर्न निषेध गरिएको स्मरण गरेका छन्। 

'कुनै बेला यही संसदमा मेरो नामसमेत उच्चरण गर्न निषेध थियो', उनले भने, 'आज म यही संसदमा उभिएको छु।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad