प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिमण्डलमा तीनजनालाई नियुक्त गरेका छन्।
नेकपा माओवादी केन्द्रकोसमेत समर्थनमा मुख्यमन्त्री बनेका उनले तीनजना सांसदलाई सोमबार मन्त्री बनाएका हुन्।
प्रदेश १ मा एमालेबाट तिलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भक्ति सिटौला र जनता समाजवादीबाट निर्मला लिम्बु मन्त्री बनेका हुन्।
उनीहरुलई मुख्यमन्त्री कार्कीको उपस्थितिमा प्रदेश प्रमुख परशुराम खापुङले सोमबार पद तथा गोपनीयताको शपथ दिलाएका छन्।
तर सत्ताको मुख्य साझेदार माओवादीले भने मुख्यमन्त्रीमा आधा आधा आलोपालो सहमति कार्यान्वयन हुने भए मात्रै सरकारमा जाने अडान लिएको छ।

प्रतिक्रिया