राजनीति


कांग्रेसलाई ओलीको कटाक्ष : प्रधानमन्त्रीको लोभ देखाउनेले संविधानको धारा नै भुलेछन्

कांग्रेसलाई ओलीको कटाक्ष : प्रधानमन्त्रीको लोभ देखाउनेले संविधानको धारा नै भुलेछन्

पार्टी जनसंगठनको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिर : राजन काफ्ले


नेपालखबर
पुस २४, २०७९ आइतबार १५:५, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सात दलीय गठबन्धन फुटाउन नेपाली कांग्रेसले गरेको प्रयासप्रति कटाक्ष गरेका छन्। 

पार्टीका जनसंगठनहरुको दुई दिने तालिम कार्यक्रमलाई आइतवार धुलिखेलमा सम्बोधन गर्दै ओलीले तत्कालीन पाँच दलीय गठबन्धनको प्रमुख दल कांग्रेसको अहिलेको प्रयास व्यर्थै जाने पनि बताए। 

'अहिलेको गठबन्धनका कतिपय नेतालाई प्रधानमन्त्री दिउँला भनेर फकाइरहेका रहे छन्', ओलीले भने, 'अहिलेको सरकार संविधानको धारा ७६ (२) अनुसार बनेको छ। यो सरकारले पुस २६ मा बहुमत ल्याउन सकेन भने नयाँ सरकार निर्माण संविधानको धारा ७६ उपधारा ३ मा जान्छ।'

उनले कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री प्रस्ताव गर्दा संवैधानिक व्यवस्था भुलेर जिल्लिन पुगेको पनि बताएका छन्। 

'जसले गठबन्धनका साथीहरुलाई प्रधानमन्त्रीको प्रस्ताव गरे, उनीहरुले संविधानको कुरै भुलेछन्', उनले भने, 'तर प्रधानमन्त्री प्रस्ताव गर्नेलाई 'तपाईंले मलाई कुन धाराअन्तर्गत प्रधानमन्त्री बनाउनुहुन्छ?' भन्दा ए त्यो चाहिँ मिलेनछ भनेछन्।'

गठबन्धन फुटाउन प्रधानमन्त्री दिने आश्वासन फेल खाएपछि कांग्रेसले नयाँ कार्ड खेलिरहेको उनले बताए। 'प्रधानमन्त्री दिने कुरा संविधानअनुसार पनि नमिलेपछि फेरि उपप्रधानमन्त्री र सभामुख दिउँला भनेर फकाएछन्', उनले भने, 'प्रधानमन्त्रीले २६ गते विश्वासको मत पाउँछन्। कसैले ढाल्न नखोजे हुन्छ, यो एमालेले बनाएको सरकार हो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad