कोशी


प्रदेश १ मा सभामुखको निर्वाचन पुस २८, उपसभामुखको ३० गते

प्रदेश १ मा सभामुखको निर्वाचन पुस २८, उपसभामुखको ३० गते

नेपालखबर
पुस २४, २०७९ आइतबार १५:११, विराटनगर

प्रदेश १ का सभामुख र उपसभामुखको निर्वाचनको मिति तय भएको छ।विराटनगरमा आइतबार सम्पन्न सर्वदलीय बैठकले आगामी पुस २८ गते सभामुख र ३० मा उपसभामुखको निर्वाचनको मिति तय गरेको हो। 

सभामुखको निर्वाचनका लागि मंगलबार बस्ने प्रदेश सभा बैठकले कार्य कार्यतालिका सार्वजनिक गर्ने र उपसभामुखका लागि २८ गते कार्य तालिका सार्वजनिक गर्ने निर्णय भएको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।

सत्ता साझेदार दलहरुबीचको सहमति अनुसार प्रदेश १ मा मुख्यमन्त्री एमाले र सभामुख माओवादीको भाममा परेको छ।

माओवादीले सभामुख पाउने भएपछि राजेन्द्र कार्की र बाबुराम गौतमको चर्चा रहेको छ। कार्की संखुवभासको क्षेत्र नं. १ र गौतम ओखलढुंगाको क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

बैठकमा एमाले नेता हिक्मत कार्की, रेवतीरमण भण्डारी, नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा, हिमाल कार्की, माओवादी केन्द्रका दलका नेता इन्द्रबहादुर आङ्बो, एकीकृत समाजवादीकी खिनु लङ्वा लिम्बुलगायत सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad