राजनीति


प्रतिनिधिसभाको पहिलो बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने

प्रतिनिधिसभाको पहिलो बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने

फाइल फाेटाे


नेपालखबर
पुस २२, २०७९ शुक्रबार १७:४२, काठमाडौँ

प्रतिनिधिसभाको पहिलो बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन्। 

पहिलो बैठकको कार्यसूचीलगायतका विषयमा सहमति जुटाउन ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आयोजना गरेको सर्वदलीय बैठकले प्रतिनिधिसभाको बैठक सञ्चालनसम्बन्धी नयाँ नियमावली नबन्दासम्म पुरानै नियमावलीअनुसार बैठक बस्ने निर्णय गरेको हो। 

पहिलो बैठकमा प्रतिनिधिसभामा संलग्न दलका शीर्ष नेता वा सांसदले सम्बोधन गर्ने विषयमा सहमति जुटेको छ। प्रतिनिधिसभाको पहिलो बैठक यही पुस २५ गते दिउँसो १ बजे बस्ने कार्यसूची छ। 

यस्तै, पुस २६ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची छ। सो कार्यसूचीलाई पनि पुरानै नियमावलीअनुसार नै विश्वासको मतका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने विषयमा सहमति भएको छ। 

प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख वा उपसभामुख चयन गरिसक्नुपर्ने भन्ने व्यवस्थाअनुसार आगामी माघ ७ गतेका लागिसहमति जुटेको नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए। 

बैठकमा गरिएको प्रस्तावअनुसार माघ ७ मा सभामुख र माघ ९ मा उपसभामुखको निर्वाचन हुनेछ। ज्येष्ठ सदस्य राणाले आयोजना गरेको बैठकमा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेसका मुख्य सचेतक लेखक, नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङ, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, जसपा नेपालका नेता प्रदीप यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालालगायतको सहभागिता थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad