राजनीति


एमालेसँग एकताबारे माधव नेपाल : नजाने गाउँको बाटै नसोध्नू

एमालेसँग एकताबारे माधव नेपाल : नजाने गाउँको बाटै नसोध्नू

फाइल तस्बिर


नेपालखबर
पुस २२, २०७९ शुक्रबार १६:५१, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले धेरै विश्लेषण गरेर मात्रै सरकारलाई विश्वासको मित दिनेबारेमा निर्णय लिनुपर्ने अवस्था रहेको बताएका छन्। 

सरकार कुन ढंगले अगाडि बढ्छ? त्यसलाई हेरेर मात्रै विश्वासको मत दिनेबारे निर्णय लिन सकिने अध्यक्ष नेपालको भनाइ थियो। 

शुक्रबार सर्वदलीय बैठकपछि नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिने क्रममा उनले व्यक्तिगत रुपमा आफू प्रधानमन्त्री पुष्पकमल दाहालप्रति सकारात्मक रहेको बताए।

‘एमालेसँग एकता गर्ने विषयमा मलाई कसैले पनि केही भनेको छैन। व्यक्तिगत भावना राख्नेहरुको बेग्लै कुरा भयो। मप्रति सदभाव राख्नेहरुको कुरा बेग्लै हो। सदभाव राख्नेहरु सबैलाई धन्यवाद छ। भावना राम्रो हुनु आफ्नो ठाउँमा छ। तर त्यो भावना निजात्मक भईदियो भने त्यसको कुनै अर्थ नहुँदो रहेछ। त्यसकारण तपाईहरुले भनेजस्तो कुनै ठोस कुराहरु भएका छैनन्', उनले भने, 'जुन गाउँ जानु छैन। जब कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने, सुदृढ गर्ने अभियानमा त अगाडि बढिन्छ नै। अब यसमा जो जो इच्छुक हुनुहुन्छ, उहाँहरुसँग हामी हातेमालो गर्छौं। विश्वासको मतबारे हामीले विश्लेषण गर्नेछौं। व्यक्तिगत रुपमा प्रचण्डजीप्रति म पोजेटिभ छु। जहाँसम्म सरकार कुन ढंगले अगाडि बढछ, त्यो हेरेर हामी टुंगो गर्छौं। सरकारलाई विश्वासको मत दिन धेरै विश्लेषण गर्नुपर्छ। विश्लेषण गरेर बल्ल टुंगोमा पुग्नु पर्छ।’

अध्यक्ष नेपालले एमालेसँग एकता गर्ने विषयमा ठोस प्रस्ताव नआएको पनि स्पष्ट पारे।

उनले इच्छुक पार्टीहरुसँग मात्रै आफ्नो पार्टीले हातेमालो गर्दै जाने नीति लिएको समेत बताए। 

अध्यक्ष नेपालले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग भने एकताको लागि  तत्काल वार्ता प्रक्रिया सुरु गर्ने बताए। 

अन्य साना वामपन्थी दलहरुसँग पनि एकता र सहकार्यका लागि अघि बढने उनले बताए। ‘हामी अब पार्टी निर्माण गर्ने अभियानमा जुटने हो। पार्टीलाई सुदृढ गर्ने र विस्तार गर्ने राष्ट्रव्यापी अभियान लिएर अघि बढछौं। हाम्रो फोकस भनेका जनताका इस्यूहरु, राष्ट्रका इस्यूहरु उठान गर्ने कुरामा केन्द्रित हुनेछ', उनले भने, 'एउटा राम्रो, क्रान्तिकारी र अरुभन्दा भिन्न पार्टी निर्माण गरेर जनताको आशा भरोसाको रुपमा अघि बढनुपर्छ। विद्रोहपछि निर्वाचनमा होमिनु पर्‍यो। निर्वाचन क्रम सकिएपछि हामीसँग समय छ। देशव्यापी हाम्रो शक्ति छ। संगठन छ। त्यो शक्ति र संगठनलाई राम्रो ढंगले व्यवस्थित गर्नेछौँ। विचार मिल्नेहरुसँग, नीति मिल्नेहरुसँग, विधि मिल्नेहरुसँग एकता पनि गर्दै अगाडि बढनेछौँ।'

अहिले धेरै साना वामपन्थी दलहरु रहेको बताउँदै उनले सबैसँग विभिन्न हिसावले कुराकानी भएको बताए। 'चिठी पठाएर गर्ने हो कि? फोन संवादबाट गर्ने हो किरु जो हामीप्रति पोजेटिभ छन्', उनले भने, 'तिनीहरुसँग हामी पोजेटिभली जान्छौँ, जो हामीसँग नेगेटिभ छन। तिनीको वास्ता गर्दैनौँ। जुन गाउँ जानै छैन, त्यसको बाटो नै नसोध्नू।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .