भारतले बंगलादेशलाई नेपाल र भुटानबाट हुने बिजुली आयातमा सहकार्य गर्ने आश्वासन दिएको छ।
नयाँ दिल्लीमा बुधबार भएको एक द्विपक्षीय बैठकमा भारतका ऊर्जा तथा नवीकरणीय मन्त्री राजकुमार सिंहले उक्त आश्वासन दिएका हुन्।
बंगलादेशका तर्फबाट ऊर्जा तथा प्राकृतिक स्रोत राज्यमन्त्री नसरुल हामिद उक्त बैठकमा सहभागी थिए।
हामिदले बंगलादेशलाई धेरै बिजुली आवश्यक भएको जनाउँदै त्यसका लागि नेपाल र भुटानबाट बिजुली आयात गर्न सहकार्य गरिदिन अनुरोध गरेका थिए।
सो क्रममा मन्त्री सिंहले बंगलादेशको विद्युत् क्षेत्रको विकासमा सहकार्य गर्न भारत तयार रहेको बताएका थिए।
यसबारे अर्को बैठकमा थप परामर्श र छलफलपछि निर्णय हुने ढाका ट्रिब्युनले जनाएको छ।
18
Shares
प्रतिक्रिया