ad ad

राजनीति


बागमती : सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता पुस २८ गते

बागमती : सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता पुस २८ गते

नेपालखबर
पुस २१, २०७९ बिहिबार ७:१७, काठमाडौँ

बागमती प्रदेशसभाको सभामुख र उपसभामुख पदको निर्वाचनका लागि यही पुस २८ गते बिहान उम्मेदवारी दर्ता गर्न समय निर्धारण गरिएको प्रदेशसभा सचिवालयले बुधबार जनाएको छ। 

सभामुख र उपसभामुख पदको निर्वाचनको कार्यसूचीअनुसार, पुस २८ गते बिहान १०:३० बजेदेखि २ बजेसम्म आआफ्ना उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको छ। 

यसैगरी, उक्त दिनको २:३० बजेदेखि ३:३० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ। यसैगरी, सोही दिनको अपराह्न ४ बजेभित्र सभामुख र उपसभामुख पदको उममेदवार दर्ता गरिएको अन्तिम नामावलीको सूची प्रकाशन गर्ने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए। 

सभामुख र उपसभामुख पदको उम्मेदवारी निर्विरोध भएमा वा मतदान गर्नुपरेमा पुस २९ गते दिनको ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ भने सोही दिन चुनावी परिणाम घोषणा गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए। 

बागमती प्रदेशसभामा अहिले नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा एकीकृत समाजवादीका सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई गरी एक सय १० जना प्रदेशसभा सदस्य छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .