ad ad

राजनीति


सरकारमा जान हतार छैन : अध्यक्ष नेपाल

सरकारमा जान हतार छैन : अध्यक्ष नेपाल

नेपालखबर
पुस २१, २०७९ बिहिबार ७:२५, काठमाडौँ

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने बताएका छन्। पार्टीको भ्रातृ सङ्गठन युवा सङ्घ नेपाल काठमाडौँ जिल्ला कमिटीले बुधबार आयोजना गरेको कार्यक्रममा उनले अहिले राजनीतिक ‘पिक्चर’ नै ‘क्लिएर’ नभएकाले आफ्नो पार्टीको पोलिटब्युरो बैठकले सरकारमा जाने/नजानेबारे निर्णय नलिएको बताए

उनले भने, ‘वर्तमान राजनीतिक दृश्य प्रस्ट त हुनुपर्‍यो नि’ अहिलेसम्म हामीले यो सरकारले कस्तो नीति र कार्यक्रम लिन्छ भन्ने कुरा हेर्नै पाएका छैनौँ, सबै स्पष्ट भएपछि निर्णय लिन्छौँ।’ यही पुस २६ गते सरकारले विश्वासको मत लिने भएकाले त्यसअघि सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने र पार्टीको आधिकारिक कमिटीले निर्णय गर्ने उनले बताए। 

यसैगरी उनले आफ्नो पार्टी सरकारमा जान मरिहत्ते गर्ने पक्षमा नरहेको पनि बताए। अध्यक्ष नेपालले पार्टीका सांसदलाई दलको ह्विप लाग्ने भन्दै सचेतसमेत गराए। उनले राष्ट्रिय मान्यता नपाएका दलले पनि पार्टीका सांसदलाई ह्विप लगाउन पाउने कानुनी र संवैधानिक व्यवस्था रहेको जिकिरसमेत गरे। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .