राजनीति


गठबन्धनका शीर्ष नेता बालुवाटारमा, उपेन्द्र यादव र राजेन्द्र लिङ्देन पनि पुगे

गठबन्धनका शीर्ष नेता बालुवाटारमा, उपेन्द्र यादव र राजेन्द्र लिङ्देन पनि पुगे

सत्ता गठबन्धनका पाँच शीर्ष नेता बालुवाटारमा। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
पुस २०, २०७९ बुधबार १७:९, काठमाडौँ

सत्ता गठबन्धनका पाँच नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता सुरु भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आगामी पुस २६ गते विश्वासको मत लिने तयारी गरेसँगै गठबन्धनका नेताहरु छलफलमा जुटेका हुन्।

बुधबार अपरान्ह वार्ताका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुगेका छन्।

प्रचण्ड नेतृत्वको सात दलीय गठबन्धन सरकारलाई समर्थनसहित एमाले र रास्वपाले मन्त्रीसमेत पठाएका छन्। 

तर जसपा र राप्रपाले सरकारलाई समर्थन गरे पनि मन्त्री पठाउनेबारे अहिलेसम्म निर्णय लिएका छैनन्।

राप्रपाले समर्थन दिए पनि बाहिरै बस्ने निर्णय लिएको छ। उता जसपाले सरकारको नीति तथा कार्यक्रम र शक्ति बाँडफाँटका आधारमा मन्त्री पठाउने निर्णय लिने भएको छ।

राप्रपाले बागमती प्रदेशको मुख्यमन्त्रीमासमेत दाबी गरिरहेको छ। केही प्रदेशमा सरकार बनाउन निर्णायक राप्रपालाई संघीय सरकारमा पनि ल्याउने कोसिस भइरहेको छ।

उता जसपाले मधेश प्रदेश सरकारको नेतृत्व र अन्य पदमा बार्गेनिङ गरिरहेको छ। बुधबार मात्रै प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सिंहदरबार बोलाएर विश्वासको मत दिन भनेका थिए। 

प्रचण्ड नेतृत्वको सरकारलाई अहिले सात दलका १६७ जना सांसदको साथ छ। त्यस्तै अन्य दुईजना स्वतन्त्र सांसदले पनि सरकारलाई समर्थन गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad