राजनीति


प्रधानमन्त्रीले मागे विश्वासको मत, नेपालले भने : पार्टीमा कुरा गरेर जवाफ दिन्छु

प्रधानमन्त्रीले मागे विश्वासको मत, नेपालले भने : पार्टीमा कुरा गरेर जवाफ दिन्छु

प्रधानमन्त्री र अध्यक्ष नेपालबीच सिंहदरबारमा भएको संवाद। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
पुस २०, २०७९ बुधबार १५:४५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसँग विश्वासको मत मागेका छन्। 

सात दलका १६६ सांसदको समर्थनमा प्रधानमन्त्री प्रचण्डले आगामी पुस २६ गते विश्वासको मत लिँदैछन्।

यस्तोमा प्रचण्डले सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) को दल कार्यालयमा भेटेर अध्यक्ष नेपालसँग सरकारलाई विश्वासको मत दिन आग्रह गरेको स्वकीय सचिव रमेश मल्लले बताए। 

प्रचण्डको उक्त आग्रहपछि अध्यक्ष नेपालले यसबारेमा पार्टीमा आवश्यक छलफलपछि उचित निर्णय लिने बताएका छन्। 

प्रचण्डजीले विश्वासको मत दिन आग्रह गर्नुभएको छ। मैले यसबारे पार्टीमा छलफल गर्छु भनेको छु', नेपालले भेटपछि भने। 

उक्त भेटका क्रमम सरकारमा जानेबारे कुनै कुरा नभएको नेपालले बताए। ‘सरकारमा जाने नजाने कुरा भएन', उनले भने, 'केवल विश्वासको मतबारे संवाद भयो।’

मंसिर ४ को निर्वाचनमा समाजवादीले १० सिट जितेको छ। तर १७ महिनासम्मको सहकार्य तोडेर सल्लाह नै नगरी प्रचण्डले एमालेसँग सहकार्य गरेको भन्दै अध्यक्ष नेपाल असन्तुष्ट छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad