प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुअघि नै सरकारको गति बढाउने गरी छलफल थालेका छन्।
पछिल्लो समय सरकारका विभिन्न अंगका अधिकारीहरुसँग छलफलमा जुटेका प्रचण्डले सोमबार सचिवहरुलाई बोलाएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नियमित जाने योजना बनाएका उनले सोमबार दिउँसो संघीय सरकारका सबै सचिवहरुसँग छलफल गरिरहेका छन्।
सिंहदरबारमा सबै सचिवहरूको रिपोर्ट सुनिसकेपछि प्रधानमन्त्री प्रचण्डले निर्देशनात्मक सम्बोधन गर्ने कार्यसूची रहेको छ।

45
Shares

प्रतिक्रिया