ad ad

खेल


नेपाल टी २० लिग : फारवेस्ट युनाइटेडलाई जनकपुर रोयल्सले दियो १६२ रनको चुनौती

नेपाल टी २० लिग : फारवेस्ट युनाइटेडलाई जनकपुर रोयल्सले दियो १६२ रनको चुनौती

फाइल तस्बिर


नेपालखबर
पुस १८, २०७९ सोमबार १४:३९, काठमाडौँ

जनकपुर रोयल्सले नेपाल टी २० लिगमा फारवेस्ट युनाइटेडसामु १ सय ६२ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फारवेस्टले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६१ रनको योगफल तयार पारेको थियो। 

जनकपुरका ओपनर तथा कप्तान त्रिभोन ग्रिफिट र सरफुद्दिन अस्रफले ५२ रनको साझेदारी गरे। सन्दीप जोरा ५५ रनमा क्याच आउट भए। ३२ बलको सामना गरेका सन्दीपले १ चौका र ५ छक्का हाने। 

त्रिभोन ३२ र अस्रफ २० रनमा पवेलियन फर्के। चन्दविक वाल्टनले २४ रन थपे। सन्दीप जोरा १६ रनमा क्याच आउट भए। खडक बोहोरा २ रनमा रनआउट भए।  पवन सर्राफ ९ नटआउट रहे। 

फारवेस्टका प्रकाश जैसीले ३ तथा भुवन कार्कीले दुई विकेट लिए। नुर अहमदले एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .