ad ad

राजनीति


यस्ता छन् एकीकृत समाजवादीको पोलिटब्यूरो बैठकका एजेण्डा

यस्ता छन् एकीकृत समाजवादीको पोलिटब्यूरो बैठकका एजेण्डा

तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
पुस १८, २०७९ सोमबार १२:३९, काठमाडौँ

नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी पोलिटब्यूरो बैठकमा समसामयीक राजनीतिक परिस्थितिबारे छलफल हुने उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। 

‘पोलिटब्यूरो बैठकमा समसामयीक राजनीतिक परिस्थितिबारे छलफल हुनेछ। वर्तमान सरकार, निर्वाचन परिणाम बारे पनि चर्चा हुन्छ।’ बैठकस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै उनले भने। 

समसामयीक राजनीतिका बारेमा पोलिटब्यूराका सबै सदस्यहरुले बोल्ने पनि उनले बताए। 

‘आज प्रत्येक विषयमा आफूलाई लागेको विषयमा पोलिटब्यूरो सदस्यले बोल्नुहुनेछ,’ खतिवडाले भने। 

बैठक सुरु हुनुअघि अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गरेका थिए। ‘अध्यक्षले राष्ट्रहितको पक्षमा लगातार उभिरहने हाम्रो पार्टी आफ्नै दृष्टिकोण निर्माण गर्दै अघि बढ्ने कुरा बताउनुभएको छ,’ प्रवक्त खतिवडाले भने, ‘यो सरकार पुरानो गठबन्धन कसरी टुट्यो र अहिलेको गठबन्धनक कसरी बन्यो भन्नेमा जिज्ञासा राख्नुभएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .