नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक सकिएको छ।
सरकारमा जाने वा नजाने विषयमा स्थायी कमिटीको बैठकले कुनै निर्णय गरेन। भोलिदेखि पोलिटब्यूरोको बैठब बस्ने पार्टीका महासचिव बेदुराम भुसालले जानकारी दिएका छन्।
स्थायी कमिटी बैठकमा नेताहरु प्रमेश हमाल, जयन्ती राई, डा. बेदुराम भुसाल, प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, जगन्नाथा खतिवडा, रामकुमारी झाक्री, रामचन्द्र झा, बलराम बास्कोटा, भाविसोर पराजुली, भानुभक्त जोशी, रत्नेश्वोर गोइत, रामजी शर्मा, रामप्रित पासवान, लक्ष्मण पौडेल, ललितकुमार बस्नेत, विरोध खतिवडा, विश्वनाथ प्याकुरेल, वंशीधर मिश्र, श्रीप्रसाद शाह, शत्रुधन महतो, सावित्रा भुसाल, हरि पराजुली, शिवबहादुर देउजा, भरतकुमार श्रेष्ठ र माधव पौडेलले धारणा राखे।
अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय अलोकनगरमा बसेको बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको थियो।
Shares

प्रतिक्रिया