ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्डलाई समर्थन गर्ने पक्षमा एकीकृत समाजवादीका अधिकांश नेता

प्रधानमन्त्री प्रचण्डलाई समर्थन गर्ने पक्षमा एकीकृत समाजवादीका अधिकांश नेता

एकीकृत समाजवादीको जारी स्थायी कमिटी बैठक। तस्बिर : नेपालखबर


नेपालखबर
पुस १७, २०७९ आइतबार १४:२८, काठमाडौँ

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने मत बलियो देखिएको छ।

शनिबारदेखि काठमाडौंमा जारी स्थायी कमिटी बैठकमा सहभागी अधिकांश नेताहरुले सरकारलाई समर्थन गर्नुपर्ने मत राखेका हुन्। 

समाजवादीको ५२ सदस्यीय स्थायी कमिटीमध्ये अहिलेसम्म ३० जनाले बोलिसकेका छन्। उनीहरुमध्ये अधिकांशले सरकारलाई समर्थन गर्ने पक्षमा मत राखेको पार्टी उपमहासचिव गंगालाल तुलाधारले बताएका छन्। 

'हामीबीचभमा सरकारलाई समर्थन दिनुपर्छ कि पर्दै भन्ने मत आएको छ। तर हामीले समर्थन नदिए पनि यो सरकारले निरन्तरता पाउँछ', उनले भने, 'हिजो पाँच दलीय गठबन्धन हुँदा सहकार्य भएकै प्रचण्ड प्रधानमन्त्री भएकाले समर्थन दिनु उपयुक्त हुन्छ कि भन्ने भएको छ। बोल्ने सबै साथीहरुको मत सरकारलाई सघाउने भन्ने छ।'

तुलाधरले प्रचण्डले आफूहरुसँग सल्लाह नगरी नेकपा एमालेसँग गठबन्धन गरे पनि सरकारलाई समर्थन गरेर जान सकिने विषयमा कुरा भइरहेको बताएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .