ad ad

राजनीति


बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता

बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता

तस्बिर: सूर्य किरण/प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
पुस १५, २०७९ शुक्रबार ९:३८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगेको सचिवालयले जानकारी दिएको छ। यसअघि बिहीबार पनि सत्ता गठबन्धनको बैठकमा सहभागी हुन ओली बालुवाटार पुगेका थिए। 

अहिले पनि उनीहरुबीच भेटवार्ता जारी छ। एमालेसहितको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले नयाँ सरकार गठनबारे छलफल तिव्र बनाएका छन्। 

बिहीबार पनि बालुवाटारमा सत्ता साझेदार दलहरुबीच छलफल चलेको थियो। छलफलपछि ओलीको संयोजगत्वमा उच्चस्तरिय संयन्त्र बनाइएको छ। 

मन्त्रालय भागवण्डा र समसामयिक राजनीतिका बारेमा उनीहरुबीच छलफल जारी भएको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .