ad ad

राजनीति


मैले उपराष्ट्रपति पदमा दाबी गरेको छैन : पूर्वसभामुख घर्ती

मैले उपराष्ट्रपति पदमा दाबी गरेको छैन : पूर्वसभामुख घर्ती

नेपालखबर
पुस १५, २०७९ शुक्रबार ९:४४, काठमाडौँ

पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले आफूले उपराष्ट्रपति पदमा दाबी नगरेको बताएकी छन्। 

आफूले भन्दै नभनेको कुरा केही सञ्चारमाध्यममा समाचार बनेकामा उनले आश्चर्य प्रकट गरिन्। 

आफूले पार्टी नेतृत्वसमक्ष त्यस्तो दाबी नगरेको र प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित कोही पनि नेताले प्रस्तावसमेत नगरेको घर्तीको भनाइ छ। 

‘मैले उपराष्ट्रपतिमा दाबी गरेको छैन र गर्दिनँ पनि’, उनले भनिन्, ‘मेरो मनमा समेत नउब्जिएको विषय समाचारमा आउँदा आश्चर्यचकित भएकी छु।’

केही दिनयता घर्तीले उपराष्ट्रपतिमा दाबी प्रस्तुत गरेका समाचार आएका थिए। सत्ता गठन्बन्धनका दलबीच भागबन्डा हुँदा राष्ट्रपति एमालेले र उपराष्ट्रपति पद माओवादी केन्द्रले लिने सहमति छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .