राजनीति


माधव नेपाललाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव : तपाईं पनि सरकारमा आउनुस्

माधव नेपाललाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव : तपाईं पनि सरकारमा आउनुस्

फाइल तस्बिर


नेपालखबर
पुस १३, २०७९ बुधबार १४:१५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई सरकारमा आउन आग्रह गरेका छन्। 

ललितपुरस्थित हात्तीवनस्थित प्रधानमन्त्री प्रचण्डका नातेदारकोको घरमा भएको वार्तामा नेपाललाई पनि सरकारमा आउन आग्रह गरिएको हो। 

प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने संकेत गरेको एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने प्रयासबीच प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन्। 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित सहभागी उक्त वार्तामा प्रचण्डले दुवै नेतालाई सरकारमा आउन आग्रह गरेका हुन्। 

जसपाले सरकारलाई समर्थन गरिसकेको छ तर मन्त्री पठाउन मानेको छैन। उसले बुधबार सांसद रामसहायप्रसाद यादवलाई संसदीय दलको नेता बनाइसकेको छ। अब उसले सरकारमा मन्त्री पठाउने नपठाउने निर्णय लिनेछ। 

नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएर दुईतिहाइ बहुमत जुटाउने प्रयासमा प्रचण्ड छन्। 

'प्रधानमन्त्रीले अध्यक्ष नेपाललाई सरकारमा आउनुस् भन्नु भएको छ', मल्लले भने, 'उहाँहरुले पार्टीमा सल्लाह गर्छौँ भन्नु भएको छ। सकारात्मक नै होला भन्ने हाम्रो निष्कर्ष छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad