काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसमा खुकुरी हानाहान भएको छ।
बुधबार बिहान नेकपाए मालेनिकटअनेरास्ववियुका नेतासहित चारजनामाथि खुकुरी हानिएको हो।
अनेरास्ववियुको क्याम्पस कमिटीका अध्यक्ष मदन भण्डारीसहितलाई क्याम्पसमै प्रवेश गरी काभ्रेका युवाहरुले खुकुरी हानेको हो।
खुकुरी प्रहारबाट अनेरास्ववियुको क्याम्पस कमिटीका अध्यक्ष भण्डारी, उपाध्यक्ष लोकेश खड्का र अरु दुईजना विद्यार्थी घाइते भएका छन्।
अनेरास्ववियुका नेता सौगातशेन ढकालका अनुसार खुकुरी प्रहारबाट घाइते रहेका विद्यार्थी नेताहरुको उपचार हुँदैछ।
प्रहरिका अनुसार खुकुरी हान्ने समूह पनि एमालेनिकटकै हो। खुकुरी हान्ने समूहका एकजना जनप्रतिनिधि रहेको खुलेको छ।
1.6k
Shares

प्रतिक्रिया