राजनीति


कांग्रेस इतर समूहको बैठक बालुवाटारमा सुरु

कांग्रेस इतर समूहको बैठक बालुवाटारमा सुरु

फाइल।


नेपालखबर
पुस १३, २०७९ बुधबार ११:२, काठमाडौँ

नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक बालुवाटारमा सुरु भएको छ। बालुवाटारस्थित नेता डा‍ शेखर कोइरालाको सम्पर्क कार्यालयमा इतर समूहको बैठक सुरु भएको हो। 

मंसिर ४ मा सम्पन्न निर्वाचन र निर्वाचन पछि विकसित पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल गर्न इतर समूहको बैठक बसेको हो। 

बैठकमा पुस २२ गते बस्न गइरहेको केन्द्रीय कार्यसमिति बैठकमा समूहका तर्फबाट प्रस्तुत हुने विषयमा पनि छलफल हुने बताइएको छ। 

बैठकमा इतर समूहको नेतृत्व गर्दै आएका नेता कोइरालासँगै उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, डा. चन्द्र भण्डारी, दिलेन्दप्रसाद बडू, हृदयराम थानी, सरिता प्रसाईंलगायतका नेताहरु सहभागी छन्।

सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन टिकाउन नसकेको भन्दै इतर समूहका नेताहरु देउवाले राजीनामा दिनुपर्नेसम्मका अभिव्यक्ति दिँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .