राजनीति


मेरो पहिलो विदेश भ्रमण भारतबाटै हुन सक्छ : प्रधानमन्त्री प्रचण्ड

आफ्नो सरकार प्रो चाइनिज नभएको स्पष्टीकरण
मेरो पहिलो विदेश भ्रमण भारतबाटै हुन सक्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्ड


नेपालखबर
पुस १२, २०७९ मंगलबार २०:०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले विदेश भ्रमणको थालनी दक्षिणी छिमेकी भारतबाटै गर्ने बताएका छन्। 

प्रधानमन्त्री भएको भोलिपल्टै भारतको चर्चित टेलिभिजन च्यानल एबीपी न्यूजलाई छोटो अन्तर्वार्ता दिने क्रममा दाहालले यस्तो बताएका हुन्।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले अन्तर्वार्ताका क्रममा सोमबार प्रधानमन्त्री भएलगत्तै भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग कुराकानी भएको पनि खुलाएका छन्। 

त्यसक्रममा उनले तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पद सम्हालेपछि पहिलो विदेश भ्रमण भारतबाटै हुने खुलएका हुन्। 

आफूलाई विदेशी कटूनीतिज्ञमध्ये सबैभन्दा पहिले भारतीय राजदून नवीन श्रीवास्तवले फोन गरेर सबैभन्दा पहिले बधाई दिएको पनि खुलाए।

त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत आफूलाई सबैभन्दा पहिले बधाई दिएको पनि दाहलले उल्लेख गरेका छन्। 

‘मैले राष्ट्रपतिबाट शपथ लिएपछि मलाई भारतीय राजदूत (नवीन श्रीवास्तव) ले फोन गरेर सबैभन्दा पहिले बधाई दिनुभयो', उनले भने, 'त्यसपछि भारतीय प्रधानमन्त्रीले ट्विट गरेर बधाई दिनुभयो। नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध छ। हामीले मिलेर कयौँ काम गर्नुछ। त्यो काममा हामी लाग्नेछौँ।'

भिडि‌ओ

प्रधानमन्त्री प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा चालिएको नयाँ नक्सा जारी गर्नेसहितका कदम पनि इतिहास भइसकेको बताएका छन्। 

'अब हामी नयाँ अवस्थामा पुगेका छौँ। ती कुरा इतिहास भइसकेका छन्', उनले भने, 'अब हामी नयाँ ढंगबाट अघि बढ्न चाहन्छौँ। म प्रो नेपालवाला लाइनमा जान चाहन्छु। भारत र चीनसहितका विदेशी मित्रसँग राम्रो सम्बन्ध बनाउने मेरो उद्धेश्य हो।'

उनले अहिलेको सरकार प्रो चाइनिज भएको कुराको पनि खण्डन गरेका छन्। 'यहाँ कोही प्रो चाइनिज, प्रो इन्डियन, प्रो अमेरिकन छैनन्', उनले भने, 'अब हामी सबै छिमेकीलाई मिलाएर लैजान्छौँ।'

उनले आफूलाई कहाँबाट पहिले निम्ता आउँछ त्यहीँ भ्रमणमा जाने बताए। 'मेरो हिजो भारतीय विदेश सचिव विनय मोहन क्वात्रासँग कुरा भएको थियो', उनले भने, 'सायद मेरो विदेश भ्रमण भारतबाटै सुरु हु्नेछ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad