नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले नयाँ सरकारको बारेमा अहिले नै तत्काल आलोचना र विरोधमा जान नहुने बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गुरुङले ‘हनिमुन पिरियड’मा काम सिक्ने अवधि भएको कारणले कांग्रेसले संयमता अपनाउनपर्ने बताएका छन्।
‘बहुदलीय संसदीय प्रणालीमा नयाँ सरकारलाई काम सिक्नको लागि एक सय दिनको ‘हनीमून पीरियड’ दिइन्छ,’ उनले भने, ‘यो अवधिमा नयाँ सरकारको तीव्र बिरोध गर्ने परम्परा हुँदैन। नेपाली कांग्रेसले अहिले तत्काल आलोचना र बिरोधमा जानु हुँदैन।’
उनले भविष्यमा कांग्रेस नेतृत्वमा सरकार निर्माण हुने सम्भावना पनि भएको भनदै धैर्य गर्न भनेका छन्। ‘धैर्य गरौं, भविष्य उज्वल छ,’ गुरुङले भनेका छन्, ‘भविष्यमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार निर्माण हुने संभावना पनि छ।’
Shares
प्रतिक्रिया