ad ad

राजनीति


रविलाई बधाई दिँदै हर्कले भने- अब गुण्डाराज खत्तम बनाउनपर्छ

रविलाई बधाई दिँदै हर्कले भने- अब गुण्डाराज खत्तम बनाउनपर्छ

फाइल।


नेपालखबर
पुस १२, २०७९ मंगलबार ६:५८, काठमाडौँ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नवनिर्वाचित गृहमन्त्री रवि लामिछानेलाई बधाई दिएका छन्। सोमबार गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका लामिछानेलाई बधाई दिँदै मेयर साम्पाङले गुण्डाको राज खत्तम बनाउनपर्ने बताएका छन्। 

‘हार्दिक बधाइ दिन चाहन्छु माननीय गृहमन्त्री ज्युलाई,’ साम्पाङले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘गुण्डाको राज खत्तम बनाउनु पर्छ अब!’

गृहमन्त्री भएपछि लामिछानेले पहिलो निर्णयका रुपमा कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको न्यायका लागि थप पहल गर्ने निर्णय गरेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्। लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .