राजनीति


गृहमन्त्री बनेलगत्तै रविविरुद्ध राष्ट्रपति भवनअगाडि प्रदर्शन

गृहमन्त्री बनेलगत्तै रविविरुद्ध राष्ट्रपति भवनअगाडि प्रदर्शन

नेपालखबर
पुस ११, २०७९ सोमबार १७:३०, काठमाडौँ

दोहोरो नागरिकता र राहदानी प्रयोगको छानबिन भइरहेका बेला रवि लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै राष्ट्रपतिको कार्यालय शीतल निवासअगाडि प्रदर्शन गरेको छ।

सोमबार अपरान्ह शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ चलिरहेका बेला प्रदर्शन भएको हो। 

उनीहरुले आफूलाई नेपाली कांग्रेसनिकट नेविसंघका कार्यकर्ता भएको बताएका छन्। गृहमन्त्रीको शपथग्रहण गरिसकेका रविसँग अमेरिकी पीआर र राहदानी रहेको उनीहरुको आरोप छ। त्यस्तै उनीसँग नेपाली नागरिकता र राहदानी पनि रहेको उनीहरुले बताएका छन्।

उनीहरुले प्लेकार्ड देखाउँदै नाराबाजी गरेका हुन्। त्यसक्रममा केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आधा दर्जनको संख्यामा रहेका सबैलाई पक्राउ गरेर महाराजगञ्ज बृत्तमा राखिएको छ। 

उपप्रधानमन्त्रीहरुको शपथग्रहण सकिएपछि उनीहरुले नाराबाजी थालेका थिए। नक्कली नागरिकता प्रकरणमा सर्वोच्चमासमेत मुद्दा चलिरहेका पात्र (रवि लामिछाने) गृहमन्त्रीको जिम्मेवारी दिएकोमा उनीहरुले आपत्ति जनाए।

नागरिकता प्रकरण ढाछोप गर्ने उद्धेश्यसहित उनलाई गृहमन्त्री बनाइएको आरोप उनीहरुको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .