राजनीति


विश्वप्रकाशले भने : कांग्रेस अहिले एम्बाप्पे भयो, धेरै सिट जितेर पनि कप अर्कैले लग्यो

विश्वप्रकाशले भने : कांग्रेस अहिले एम्बाप्पे भयो, धेरै सिट जितेर पनि कप अर्कैले लग्यो

नेपालखबर
पुस ११, २०७९ सोमबार १३:३१, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको सत्ता हेरफेरलाई कतारमा सम्पन्न विश्वकप फुटबलसँग तुलना गरेका छन्।

पोखरामा आयोजित साहित्य महोत्सवलाई सोमबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

'तपाईंहरुलाई थाहा छ नि! विश्वकपमा सबैभन्दा बढी गोल एम्बाप्पेले हान्यो। मंसिर ४ को निर्वाचनमा कांग्रेसले धेरै सिट जित्यो', उनले भने, 'एम्बाप्पेले धेरै गोल गर्यो, गोल्डेन बुट पनि जित्यो तर कप अर्कैले लग्यो। कांग्रेसलाई अहिले त्यस्तै भएको छ। धेरै सिट जित्दा पनि सत्ता अर्कैले लग्यो।'

उनले अब अहिलेलाई कांग्रेस आफू उठ्नेबाहेक अर्को विकल्प नरहेको बताए। 'अबको पाँच वर्षपछि एम्बाप्पेले अहिलेको च्याम्पियनलाई डिफेन्डिङ च्याम्पियन बनाउँछ। हामी त्यसबेला हामी च्याम्पियन हुन्छौँ, अहिलेको च्याम्पियन डिफेन्डिङ च्याम्पियन हुन्छ।'

उनले देशभरका कार्यकर्ताका लागि सुरुवाती शब्द 'डन्ट वरी' प्रयोग गरे। 'सुरुवाती वाक्य 'डन्ट वरी' भन्छु म। हामी छौँ, जब केही भत्किन्छ तब निर्माणको क्रम पनि सुरु हुन्छ', उनले भने, 'यो अवस्था कांग्रेस निर्माणका लागि टर्निङ प्वाइन्ट पनि हो। अहिले जे भयो त्यो नहुनुपर्ने थियो। तर अब हामीले कांग्रेसलाई उठाउनेबाहेक अर्को विकल्प छैन।'

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई शुभकामना दिन हतार हुने पनि बताए। 

'जे जस्तो प्रकारको मिश्रण भएर सरकार बन्दैछ त्यसलाई संयमित भएर हामी शुभकामना दिन्छौँ', उनले भने, 'अहिले हामी धैर्यपूर्वक हेरेर मात्रै ठोस निर्णयमा पुग्छौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad