राजनीति


बालकोटमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति

बालकोटमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति

बालकोटमा दलहरुबीचको वार्ता। तस्बिर : राजन काफ्ले


नेपालखबर
पुस १०, २०७९ आइतबार १५:५४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेकपा एमालेकासहितका दलहरुबीच सहमति भएको छ। 

आइतवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको विभिन्न दलको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमति गरेको हो। 

सहमतिको पुष्टि माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले पनि गरेका छन्। उनले सहमति भएको जानकारी दिँदै नयाँ यात्राको सुरुवा भएको उल्लेख गरेका छन्। 

अहिले बालकोटमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव विष्णु रिमाल र नेकपा माओवादी केन्द्र उपमहासचिव वर्षमान पुनले सहमतिको ड्राफ्ट बनाइरहेका छन्। 

एमाले अध्यक्ष केपी शर्मा ओलीको पहलमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजान्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीको नेतृत्वबीच बैठक भएको थियो। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad