कोशी


एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कार्की

एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कार्की

नेपालखबर
पुस १०, २०७९ आइतबार १६:४, विराटनगर

नेकपा एमाले प्रदेश १संसदीय दलको नेतामा हिक्मत कार्की चयन भएका छन्। एमाले प्रदेश १ संसदीय दलको आज बसेको बैठकबाट कार्की निर्विरोध निर्वाचित भएका छन्।

प्रदेश सांसद रेवतीरमण भण्डारीका अनुसार तिलकुमार मेन्याङ्बोको प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा कार्की निर्विरोध नेता निर्वाचित भएका हुन्।

यसअघि मेन्याङ्बो पनि दलको नेताको दाबेदार थिए। उनकै समर्थन झापा ५(१) बाट दोस्रो पटक निर्वाचित कार्की दलको नेता बनेका हुन्।

जेष्ठ सदस्य रेवत कार्कीको अध्यक्षतामा बसेको बैठकले दलको उपनेता, सचेतक, उपसचेतक पछि बस्ने बैठकबाट चयन गर्ने निर्णय गरेको छ।

सोही बैठकले एमालेको नेतृत्वमा सरकार गठनका लागि अन्य दलहरसँगको सम्वाद र छलफल गर्ने पाँच सदस्यीय वार्ता तथा छलफल समिति पनि गठन गरेको छ। एमाले प्रदेस १ संसदीय दलका नेता हिक्मत कार्कीको संयोजकत्वमा ५ सदस्यीया वार्ता टोली गठन गरेको छ।

आज बसेको संसदीय दलको बैठकले तिलकुमार मेन्यङ्वो, रेवतीरमण भण्डारी, सिर्जना राई र लिलाबल्लभ घिमिरे सदस्य रहेको वार्ता टोली गठन गरेको हो।

बैठकले सो समितिलाई सरकार गठनको विषयमा अरु दलसँग वार्ता गर्ने टोलीका सदस्य भण्डारीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad