ad ad

राजनीति


प्रचण्डको प्रधानमन्त्री बन्ने सम्भावना समाप्त भयो : केपी ओली

प्रचण्डको प्रधानमन्त्री बन्ने सम्भावना समाप्त भयो : केपी ओली

एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओली।


नेपालखबर
पुस ९, २०७९ शनिबार १५:१२, काठमाडौँ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पुनः प्रधानमन्त्री हुने चाहना पूरा नहुने दाबी गरेका छन्।

फेरी एकपटक प्रधानमन्त्रीका हुनका लागि दाहालले अधिकतम प्रयास गरिरहेका बेला पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले सो प्रतिक्रिया दिएका हुन्। 

‘कतिपय जो इच्छा गरिरहेका छन्। पुष्पकमल दाहालजी, जो प्रधानमन्त्रीको इच्छा गरिरहनु भएको छ। तर उहाँले मलाई लाग्छ–ढिलो गर्नु भयो,’ पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले भने, ‘निर्णय गर्न ढिलो गर्नु भयो। संस्कृतिमा एउटा भनाई छ–आदेश्य, प्रदयेश्य, कर्तव्यश्य करुणा। छिप्रणा क्रिमानष्य कालति प्रवशम भन्ने एउटा नीति श्लोक छ। त्यो भनेको लिनुपर्ने कुराको, दिनुपर्ने कुराको, गर्नुपर्ने काम जेजस्ता छन्, ती समयमै गर्नु पर्दछ। भएन भने, होइन भने, समयमा कुनै काम गरिदैन भने समयले नै त्यसको उपलब्धिलाई समाप्त पारिदिन्छ।’

एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै उनले समयमा कदम नचालेकाले दाहालको प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो आफूले देखेको तर्क समेत गरे। ‘अब उहाँको सम्भावना सामान्यतः समाप्त भएजस्तो देखिन्छ। किनभने उहाँले समयमा कदम चाल्नु भएन,’ ओलीले भने।

ओलीले प्रचण्डले जस्तै अरुले पनि समयमा कदम नचाले देश फेरिपनि मध्यावधि निर्वाचनतर्फ धकेलिन सम्भावना रहेको समेत औंल्याए।

‘अरुले पनि समयमा कदम चालेनन् भने समयमा आफूआफूलाई मात्रै हेरे भने देश फेरी घुमीफिरीकन मध्यावधितिर जाने त्यो सम्भावना पनि छँदैछ,’ ओलीले भने, ‘जाँदैन भन्न सकिदैँन।’

अध्यक्ष ओलीले सत्तारुढ दलहरुबीचको श्वार्थले मुलुक कमजोर बन्ने अवस्थामा पुगेको समेत दोहो¥याए। उहाँले एमालेलाई सिध्याउँछु भन्ने तत्वहरु आफैं समाप्त भएको जिकीर समेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .