ad ad

बागमती


अनधिकृत बस्ती हटाउने बालेन्द्रको प्रयासलाई उपत्यकाका नेवार समुदायको समर्थन

अनधिकृत बस्ती हटाउने बालेन्द्रको प्रयासलाई उपत्यकाका नेवार समुदायको समर्थन

फाइल।


नेपालखबर
पुस ९, २०७९ शनिबार १५:२०, काठमाडौँ

काठमाडौं महानगरपालिकाभित्रका अनधिकृत बस्ती हटाउने महानगरपालिकाको प्रयासलाई उपत्यकाका नेवार समुदायहरुले समर्थन गरेका छन्।

शनिबार काठमाडौं उपत्यकाका नेवार समुदायहरुले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएका हुन्।

उनीहरुले काठमाडौंका विभिन्न नदी किनारमा घर, टहरा बनाइ बसोवास गर्दै आइरहेका अनधिकृत बस्ती हटाउन महानगरपालिकाले गरेको प्रयास र त्यसकाविरुद्ध गरेको प्रतिरोधका घटनाहरुप्रति काठमाडौंका स्ववासीहरुको समर्थन रहेको बताए।

उनीहरुले काठमाडौं महानगरपालिकालाई समस्यामुक्त बनाउन महानगरले चालेको अनधिकृत बस्ती हटाउने कुरामा स्ववासीहरुको पूर्ण समर्थन रहेको बताए।

कार्यक्रममा बोल्दै नेवाः जातिय महासंघका अध्यक्ष मनोज खड्गीले काठमाडौं महानगरपालिकाका धेरै ठाउँमा सुकुम्वासी र स्वावासीहरु अनधिकृत रुपमा बसोवास गरिरहेकाले सबैलाई काठमाडौंको जग्गा वितरण गर्न नसकिने भन्दै थातथलो भएकै स्थानमा व्यवस्थापन
गर्नुपर्ने बताए।

उनले अहिलेको अवस्थालाई हेरेर केही मानिसको व्यवस्थापन गर्न लागेको खण्डमा भविष्यमा अतिक्रमण गरेर आउनेलाई व्यवस्थापन गर्न कठिनाइ हुने बताए।

उनले सुकुम्वासीको नाममा जग्गा लिने र १० वर्षपछि बेचेर फेरि सुकुम्वासी हुँ भन्दै हिँड्ने उदाहरण देखिसकेको भन्दै अनधिकृत रुपमा बस्ने मानिसहरुलाई उनीहरुकै थातथलोमा व्यवस्थापन हुनुपर्ने बताए। 

महानगरले चालेको कदम सही भएको भन्दै नैतिक रुपमा समर्थन गरेको उनले बताए।

काठमाडौंका स्ववासीहरुले अनधिकृत बस्तीमा बसोवास गर्ने मानिसहरुलाई राज्यले थातथलो रहेकै जिल्लामा व्यवस्था गरिदिनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .