राजनीति


मधेश प्रदेशमा हाम्रो दाबी स्वाभाविक : राउत

मधेश प्रदेशमा हाम्रो दाबी स्वाभाविक : राउत

नेपालखबर
पुस ७, २०७९ बिहिबार १५:३४, काठमाडौँ

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले मधेस प्रदेशको नेतृत्वमा आफ्नो दलको दाबी रहने स्पष्ट पारेका छन्।

बिहीवार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन्। उनले मधेस प्रदेशमा आफ्नो पार्टी तेस्रो रहेकाले स्वभाविक रुपमा मुख्यमन्त्रीको दाबी रहने बताए। उनले जनताको अपेक्षा पनि जनमत पार्टीलाई नेतृत्व दिनुपर्ने भन्ने रहेको बताए।

अध्यक्ष राउतले जनतामुखी सेवाहरुप्रदान गर्नु पार्टीको मुख्य जिम्मेवारी रहेको भन्दै  शक्षा, स्वास्थ्य, रोजगारी, किसानका मुद्दाहरु प्राथमिकतामा राख्ने बताए।

उनले मधेस प्रदेशमा शिक्षालाई ९५ प्रतिशत भन्दा माथि लैजाने अभियान सञ्चालन गर्ने र वास्थ्य संस्थामा सर्वसुलभ सेवा दिनेकुरामा लाग्ने बताए। कुनैपनि व्यक्ति स्वास्थ्यसेवाबाट वञ्चित हुन नपरोस् भन्ने कुरामा पार्टी प्रतिवद्ध रहेको र बढी भन्दा बढी रोजगारी सिर्जना गर्नेकुरामा आफू लाग्ने बताए।

उनले भने, ‘हामीसँग संख्यात्मक रुपमा राम्रो संख्या छ। हामी निर्णयक भुमिकामा रहेका छौँ। मधेस प्रदेशमा नेतृत्वको दाबी छ। हामी तेस्रो ठूलो दल बनेका छौँ मधेस प्रदेशमा। जनताले राम्रो सिट दिनुभएको छ। जनताको अपेक्षा पनि छ। हाम्रो मेन एजेण्डा सर्भिस डेलिभरी हो। शिक्षा, स्वास्थ्य, रोजगारी, किसानका मुद्दाहरु प्राथमिकतामा रहनेछन्। शिक्षालाई ९५ प्रतिशत भन्दा माथि लैजाने अभियान छ। स्वास्थ्य संस्थामा सर्वसुलभ सेवा दिनेकुरामा हामी लाग्छौँ। कुनैपनि व्यक्ति स्वास्थ्यसेवाबाट वञ्चित हुन नपारोस्, रोजगारी धेरै दिन सकौँ त्यसमा हमी हुनेछौँ।’

अध्यक्ष राउतले आफ्नो दलको सिमित संख्याको भरमा सडक, संसद र सरकारमा गएर जनताका माग र मुद्दाहरु सम्बोधन गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad