ad ad

राजनीति


राष्ट्रपति विद्यादेवी भण्डारी बुटवल आउँदै

राष्ट्रपति विद्यादेवी भण्डारी बुटवल आउँदै

फाइल।


नेपालखबर
पुस ७, २०७९ बिहिबार ८:२५, बुटवल

राष्ट्रपति विद्यादेवी भण्डारी आज बुटवल आउँदैछिन्। बुटवलमा आजबाट सुरु हुन लागेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधी तथा पर्यटन महोत्सवको राष्ट्रपति भण्डारीबाट उद्घाटन हुने कार्यक्रम छ।

‘समृद्ध नेपाल निर्माणको आधार, स्वेदशी उद्यमशीलताको विस्तार’ भन्ने नाराका साथ सुरु हुन लागेको प्रदर्शनीमा विभिन्न प्रकृतिका स्वदेशी उत्पादन तथा प्रविधिका ४ सय ५० स्टल रहने छन्।

यस पटकको प्रदर्शनीमा ७ लाख दर्शकले अवलोकलन गर्ने र २५ करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको छ। विगतका प्रदर्शनीभन्दा यस पटकको प्रदर्शनी फरक रहने प्रदर्शनि मुल आयोजक समितिका संयोजक माधव पौडेलले बताए।

बुटवलमा प्रत्येक वर्ष पुस महिनामा मेला महोत्सव हुँदै आएको छ। 

रुपन्देही उद्योग संघको आयोजनामा आजबाट सुरु हुन लागेको प्रदर्शनि पुस १९ गतेसम्म चल्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .