नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको संसदीय दलको नेतामा निर्वाचित सभापति शेरबहादुर देउवालाई शुभकामना दिएका छन्।
संसदीय दलको नेता चयनका लागि आज भएको मतदानमा प्रतिस्पर्धी थापालाई ३९ मतले पछि पार्दै प्रधानमन्त्रीसमेत रहेका देउवा संसदीय दलको नेतामा चुनिएका हुन्। देउवाले ६४ सांसदको मत पाउँदा थापाले २५ मत मात्र पाए।
यसैबीच आफ्ना प्रतिस्पर्धी देउवालाई नेता थापाले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिएका हुन्।

72
Shares

प्रतिक्रिया