ad ad

राजनीति


उपेन्द्रले दिए राजीनामा, प्रधानमन्त्री सहमतिबाट पछि हटेको आरोप

उपेन्द्रले दिए राजीनामा, प्रधानमन्त्री सहमतिबाट पछि हटेको आरोप

नेपालखबर
पुस ८, २०७६ मंगलबार ९:११,

समाजवादी पार्टीले केपी ओली नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै पार्टीका दुवै जना मन्त्रीले राजीनामा दिएका छन्।

ओली सरकारमा रहेका उपप्रधान एवं कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री उपेन्द्र यादव र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले केहीबेर अघि राजिनामा दिएका हुन्।

संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा विज्ञ टोली बनाउने प्रस्ताव अस्वीकृत भएको र २०७५ जेठ १४ गते भएको दुई बुँदे सहमति पालना गराउन वर्तमान नेकपा पछि हटेपछि मन्त्रीपदबाट राजिनामा दिएको उल्लेख गरेका छन्।

upendra-resign.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .