काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० बालुवाखानीमा रहेका फेरिल्याण्ड इन्टरनेशनल बोर्डिङ स्कूलले आयोजना गरेको ‘डान्स आईडल २०७६’ को उपाधि प्रतिमा राई र कृतिका गुरुङले जितेका छन्।
प्रतियोगितामा सिनियर तर्फ कक्षा नौकी प्रतिमा तथा जूनियर तर्फ कक्षा एककी कृतिकाले प्रथम स्थान हात पारेका हुन्।
यस्तै, सिनियरतर्फ स्नेहा परी द्धित्तीय तथा समृद्ध राज गौतम तृतीय भए भने जूनियरतर्फ खुस्बु थापा मगर द्धित्तीय तथा दिशंक भट्ट तृतीय भए।
कार्यक्रमका विजयी छात्रछात्रालाई प्रिन्सिपल बिष्णुचन्द्र अधिकारीले पुरस्कार वितरण गरे।
प्रतिक्रिया