ad ad

राजनीति


भ्रातृ संगठनकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा माओवादी केन्द्रीय सदस्य निलम्बन

भ्रातृ संगठनकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा माओवादी केन्द्रीय सदस्य निलम्बन

नेपालखबर
पुस ५, २०७९ मंगलबार १८:४९, काठमाडौँ

पार्टीको भ्रातृ सङ्गठनको एक महिलालाई दुर्व्यवहार गरेको आरोप लागेका नेकपा  माओवादी केन्द्रका केन्द्रीय सदस्य बद्री बजगाईंलाई निलम्बन गरिएको छ। 

अनेरास्ववियु (क्रान्तिकारी) का महिला कार्यकर्ताको निवेदन र सामाजिक सञ्जालबाट पठाइएका अश्लील ‘म्यासेज’को प्रतिलिपिसहित बागमती प्रदेश कार्यालयको सिफारिसका आधारमा उनलाई केन्द्रीय समितिबाट निलम्बन गरिएको माओवादी केन्द्रले जनाएको छ। 

सो सम्बन्धमा सत्य–तथ्य बुझी आवश्यक छानबिन गरी लिखित प्रतिवेदन १० दिनभित्र पेस गर्ने जिम्मेवारी अनुशासन आयोगलाई दिइएको अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’द्वारा जारी सर्कुलरमा उल्लेख छ।

माओवादीले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा सबै पालिका समिति, जिल्ला समन्वय समिति र प्रदेश समितिस्तरमा सम्पन्न गरी यही पुस मसान्तसम्म सबै प्रदेशको लिखित प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाउन प्रदेश समितिलाई निर्देशन दिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .